मंगलबार, १ जेठ २०८१

६८.२३ प्रतिशतले बढ्यो नेपाल एसबिआईको नाफा

समयपोष्ट २०७९ कार्तिक ८ गते ८:४५

Advertisement

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल एसबिआई बैंक लिमिटेडको खुद नाफा ६८.२३ प्रतिशतले वृद्धि भएको छ ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ६८.२३ प्रतिशत बढेर ६२ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.५४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १.२० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३९.८१ प्रतिशत र सञ्चालन मुनाफा ६७.९६ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ रहेको छ।

Advertisement

नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ। समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ८३ पैसा बढेर २५ रुपैयाँ ५४ पैसा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ७.३४ प्रतिशत, निक्षेप ६.४४ प्रतिशत र कर्जा ६.५८ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री