बुधबार, २ जेठ २०८१

यस्तो आयो मेगा बैंकको वित्तीय विवरण

समयपोष्ट २०७९ कार्तिक ७ गते १०:१७

Advertisement

मेगा बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार समिक्षा अवधिमा खुद नाफा ४४.३३ प्रतिशत घटेको छ।

बैंकको खुद ब्याज आम्दानी १८.६० प्रतिशत छ। कुल सञ्चालन आम्दानी ७.५६ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ४५.९९ प्रतिशत घटेको छ। जसले गर्दा बैंकको खुद नाफा घट्न दबाब पुगेको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा मेगाको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा घटेर ११ रुपैयाँ ६३ पैसामा झरेको छ । बैंकको जगेडा कोष ६.७९ प्रतिशत बढेको छ भने निक्षेप १.१० प्रतिशत र कर्जा २.९९ प्रतिशत बढेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री