बुधबार, २ जेठ २०८१

६८.३९ प्रतिशतले बढ्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा

समयपोष्ट २०७९ कार्तिक ७ गते ९:५८

Advertisement

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नाफा ६८.३९ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले समिक्षा अवधिमा ८१ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२.८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.१० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४१.१८ प्रतिशत र सञ्चालन मुनाफा ६९.२० प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ।

Advertisement

नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ९४ पैसा बढेर ३४ रुपैयाँ ४२ पैसा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ९.७४ प्रतिशत, निक्षेप ६.७१ प्रतिशत र कर्जा ०.०३ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री