मंगलबार, १ जेठ २०८१

सिटिजन्स बैंकको लाभांश पारित

समयपोष्ट २०७९ कार्तिक ५ गते २०:३७

Advertisement

सिटिजन्स बैंकको ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार काठमाण्डौमा आयोजित सोह्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० कराेड ९ लाख ७४ हजार ६ रूपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ कराेड ८० लाख ८७ हजार ६६१ रूपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव पारित गरेकाे हाे ।

यससँगै सिटिजन्स बैंक आ.व. २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।

यसैगरी, आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन.एफ.आर.एस(NFRS) बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१ः४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७ः४८.९३ (संस्थापक शेयरधनिहरुले धारण गरेको जम्मा शेयर: साधारण शेयरधनीहरुले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारण सभाले पारित गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री