सोमबार, १७ वैशाख २०८१

१८ प्रतिशत नाघ्यो ऋणको ब्याजदर

समयपोष्ट २०७९ असोज ३१ गते १४:१६

Advertisement

बैंकहरुको ऋणको ब्याजदर १८ प्रतिसत् नाघेको छ ।

बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी सोमबारबाट निक्षेपसँगै ऋणको ब्याजदर बढाएका हुन् ।

लामो समय स्थिर राखेको निक्षेपको ब्याजदर असोजमा बढेको थियो । त्यही ब्याजदर कात्तिकमा पनि यथावत राखिएको छ । निक्षेपमा बैंकहरुले अधिकत्तम १२.३३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । असोजमा निक्षेपको ब्याजदर बढे पनि ऋणको ब्याजदर बैंकहरुले बढाएका थिएनन् ।

निक्षेपको ब्याजदर महिनैपिच्छे घटबढ गर्न पाइने राष्ट्र बैंकको नियम भए पनि कर्जाको ब्याजदर भने प्रत्येक ३ महिनामा रिभ्यु गर्न सकिने प्रावधान छ । सोहीबमोजिम चालु आर्थिक वर्षको पहिलो ३ महिना आजबाट सकिँदैछ । त्यसैले भोलिबाटै लागु हुने गरी बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका हुन् ।

बैंकहरुले आधार दरमा प्रिमियम थपेर ब्याज निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरुको आधार दर नै १० प्रतिशतभन्दा बढी छ । निक्षेपको ब्याज बढेसँगै आधार दर पनि बढ्ने गरेको छ । आधार दर बढेपछि ऋणको ब्याज स्वतः बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री