शुक्रबार, १६ चैत २०८०

सानिमामाई हाइड्रोपावरको बिक्री प्रवन्धकमा एनसीएम मर्चेण्ट

समयपोष्ट २०७३ कार्तिक १५ गते ४:३७

सानिमामाई हाइड्रोपावर लिमिटेडले १ बराबर १ अनुपातमा हकप्रद सेयर निस्कास गर्ने भएको छ । सानिामाले हकप्रद सेयर निस्कासन गर्नका लागि एनसीएम मर्चेण्ट बैकिङ लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । 
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निस्कासनपछि २ अर्ब ११ करोड ५० लाख रुपैयाँ पुँजी पुग्ने छ ।  आयोजनाको क्षमता ८२ मेगावाट रहेको छ । आयोजनाले २८ मेगावाटको तल्लोलिखु र ५४ मेगावाटको मध्यतमोर आयोजना बनाउने प्रक्रिया अघि बढेको हो । सानिमाले पहिलो चरणमा २८ मेगावाटको तल्लोलिखु आयोजना अघि बढाउने भएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री