बुधबार, २६ वैशाख २०८१

लुम्बिनि जनरल इन्स्योरेन्सले १८ र प्रभु इन्स्योरेन्सले १७ प्रतिशत बोनस सेयर दिने

समयपोष्ट २०७३ कार्तिक १३ गते १०:४२

लुम्बिनि जनरल इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले १८ दशमलव १८२ प्रतिशत बोनस सेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको  छ । इन्स्योरेन्सको यो प्रस्ताव बिमा कम्पनीको स्विकृती र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । 
 

Advertisement

प्रभु इन्स्योरेन्सले १७ प्रतिशत बोनस सेयर दिने

प्रभु इन्स्योरेन्सको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रभु कम्प्लेक्समा सम्पन्न भएको साधारणसभाले गत आवको आर्थिक प्रतिवेदन पास गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई चुक्ता पुंजीको १७ प्रतिशत बोनस शेयर वितरण र पुँजी वृद्धिका लागि बोनश शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत (२ः१) हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
कम्पनीले गत आवमा खुद मुनाफा १४करोड ९३ लाख २ हजार रुपैयाँ आर्जन गरेको बताएको छ । बोनस तथा हकप्रद शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५७ करोड ७५ लाख ५२ हजार पुग्नेछ । कम्पनीले आर्व ०७२,०७३ मा ७६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै चालु आवको प्रथम त्रैमासिकसम्म २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको साधारणसभामा जानकारी दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री