शनिबार, १५ कार्तिक २०७७

चीन पुगेर बाबुरामले भने -‘वान-वेल्ट-वान-रोडले भूराजनीतिक आशंकाहरु निर्मूल पार्न सक्नेछ’

समयपोष्ट २०७३ कार्तिक १२ गते ११:५७

विगत दशकहरुमा एशिया सामाजिक-आर्थिक विकासमा पछाडि परेको थियो । तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दैछ । अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्दछ – बिगतको सफलता र असफलताको घेरा भन्दा पर । एशियाले विश्वलाई हाँक्नको निम्ति, एशिया केन्द्रित विश्वव्यापी जडानलाई नै अहिलेको प्रमुख आवश्यकता मान्नुपर्ने हुन्छ । यस सन्दर्भमा चीनले पहल गरेको एक-पेटी-एक-मार्ग योजनाले एशियाली राष्ट्रहरुलाई जोड्न निक्कै योगदान पुर्याउनेछ । एक-पेटी-एक-मार्ग योजनासँगसँगै समुद्री रेशम मार्गले एशियालाई बाँकी विश्वसित जोड्ने कार्यलाई थप वृद्धि गर्नेछ र सहज बनाउनेछ । यसले निश्चय नै एशियाका प्रत्येक देशलाई बृहत लाभ पुर्याउनेछ र कालान्तरमा यी एशियाका गौरव परियोजना बन्नेछन् ।

Advertisement

–हिमाली भेगहरुलाई जोड्ने बहस उठाउँदा यो सधैं भौतिक प्रतिकूलता/बाधाहरुको बिषयसित टकराउने गर्दछ । तथापी इतिहासले हामीलाई अर्कै वास्तविकता देखाउँछ । विगतमा यही हिमाली भेगमा रेशम मार्गका हाँगाहरु सहित थुप्रै व्यापार मार्गहरु हुने गर्दथे जसले नेपाल हुँदै चीन र भारतलाई जोड्दथ्यो । अहिले पनि दुई उदाउँदा अर्थतन्त्र चीन र भारतबीच आर्थिक र भौतिक सम्बन्ध र तालमेल बढ्नु नै शक्तिको सबभन्दा ठूलो श्रोत हुनेछ । र मलाई गर्व छ कि म आफैं प्रधानमन्त्री हुँदा मैले नै भारत र चीनबीच नेपालले एउटा जीवन्त पूलको भूमिका निर्वाह गर्नुपर्दछ र गर्नसक्नेछ भन्ने बहसको शुरुवात गरेको थिएँ ।

–अब भौगोलिक प्रतिकूलताको बिषयले हामीलाई अड्काइराख्न मिल्दैन । आधुनिक पूर्वाधार प्रविधिले हाम्रा सामु थुप्रै समाधानहरु पस्किसकेका छन् । अत्यन्त दुर्गम र निर्माण गर्न असम्भव ठानिएका स्थानलाई पनि आधुनिक रेल प्रविधिद्वारा कसरी जोड्न सकिन्छ भन्ने उदाहरण चिन्घाई-तिब्बत रेलमार्गले देखाइसकेको छ । त्यसकारण, रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न (र सम्भवतः भारतसम्म विस्तार गर्न) दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ । तसर्थ चीन-भारत-नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भैसकेको छ ।

Advertisement

–नेपाल र चीनबीच यातायात सम्बन्ध बढाउनुपर्ने विषय पारवहन खर्च कटौती गर्ने अथवा व्यापार वृद्धि गर्नेसित मात्र सम्बन्धित छैन । वास्तवमा यो त हिमाली भेगका दुवैपट्टिका क्षेत्रहरूको अर्थतन्त्रको मूलभूत संरचनामै महत्वपूर्ण सुधार ल्याउने बिषयसित गाँसिएको छ । चीन-नेपाल-भारतलाई जोड्दा विशाल आर्थिक बजार निर्माण हुने र यसले अभूतपूर्व स्तरको उत्पादकत्व, अन्वेषण/नवीनता, पर्यटकीय र साँस्कृतिक साँठगाँठ बढाउन सक्नेछ ।

2–भौतिक पूर्वाधार निर्माणको मामिलामा चीन अहिले विशाल अतिरिक्त पूँजी र क्षमताले युक्त छ । चीनसित विन-विन साझेदारी निर्माण गरेर केही विकासोन्मुख देशहरुले यसको फाइदा लिइसकेका छन् । जबकि नेपाल र दक्षिण एशियाका देशहरु आर्थिक वृद्धिको निम्ति यही भौतिक पूर्वाधार विकास गर्ने समस्या नै प्रमुख रूपमा देखा पर्दै आइरहेको छ । त्यसकारण, व्यापक पूर्वाधार विकास र तीब्र आर्थिक वृद्धिको निम्ति चीनसित भएको पूँजी र विशेषज्ञताको उपयोग गर्ने नीति अवलम्बन गर्नु नै बुद्धिमानी हुनेछ ।

 –यातायात प्रविधि र विधिहरुमा उल्लेखनीय प्रगति हुँदाहुँदै पनि प्रस्तावित नेपाल-चीन व्यापार मार्गको सम्भाव्यता र प्रतिस्पर्धात्मक क्षमताबारे केही आशंकाहरु अझै प्रकट हुने गरेका छन् । यस्ता आशंकाका प्रमुख श्रोत प्राविधिक र आर्थिक कुरा भन्दा पनि तथाकथित भूराजनीतिक संवेदनशीलता हुनेगरेको छ । “भौतिक विकासले सामाजिक सोंच र चिन्तनमा परिवर्तन ल्याउँछ” भनेझैं आधुनिक यातायात प्रविधिको आडमा चीन-नेपाल-भारत जोड्ने अभियानले थुप्रै रोचक र सुखद अप्रत्यासित परिवर्तन ल्याउन सक्नेछ र सायद भूराजनीतिक आशंकाहरु पनि निर्मूल पार्न सक्नेछ ।

–अहिले एक्काइसौं शताब्दीमा एशियाली अर्थतन्त्रहरुले सामना गरिरहेको प्रमुख चुनौति भनेको गरीबी र बेरोजगारी हो । एक-पेटी-एक-मार्गको पहलले विश्वव्यापी सम्बन्ध र जडान सुदृढ एवं फराकिलो बनाउने मात्र होइन, यसले संसारलाई नै अझ समृद्ध र शान्तिपूर्ण बनाउनमा मद्दत पुर्याउने छ । यस अर्थमा चीनले लिएको पहललाई स्वागत गर्नु र त्यसमाथि थप विकास गर्नु हाम्रो इच्छाको विषय मात्र नभई सम्पूर्ण एशियाली राष्ट्रहरुको निम्ति एउटा वाध्यता समेत हो । साझा समृद्धिको साझा लक्ष्यद्वारा नै एशियाले विश्वको अगुवाई गर्न सक्नेछ । हामी सबै यही साझा लक्ष्यप्रति प्रतिबद्ध बनौं ।

चीनको ग्वान्झाओमा भइरहेको “21st Century Maritime Silk Road International Expo” मा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक भट्टराईले ‘वान-वेल्ट-वान-रोड’का विषयमा दिएको व्याख्यानको नेपाली भावानुवाद

प्रतिक्रिया

सम्बन्धित सामाग्री