शुक्रबार, १४ वैशाख २०८१

नबिल बैंकले ७९ करोड ८३ लाख रुपैयाँ नाफा कमायो

समयपोष्ट २०७३ कार्तिक १२ गते ८:०८

 

Advertisement

काठमाडौं । नबिल बैंक लिमिटेड चालु आर्थिक बर्षको असोज मसान्तसम्म ७९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। 

बैंकले गत बर्षको यसै अवधिको तुलनामा २२।१६ प्रतिशत नाफा बढाएको हो।

बैंकले कर्जा लगानी पनि ६७ अर्ब ४३ करोड रुपैयाबाट बढाएर ८३ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ। बैंकले खुद ब्याज आम्दानी एक अर्ब २८ करोड रुपैयाँ गरेको छ।

बैंकले यो अवधिमा निक्षेप संकलन एक खर्ब २० रुपैयाँ पुर्याएको छ। 

निक्षेप करिव ११ अर्ब रुपैयाँले बढेको छ।
 
 बैंकको खराव कर्जा अनुपात एक प्रतिशतभन्दा केही वढि छ भने प्रति सेयर आम्दानी ५१ रुपैयाँ हाराहारी छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री