शुक्रबार, ७ वैशाख २०८१

एनएमबि बैंकले २० प्रतिशत लाभांश दिने

समयपोष्ट २०७३ कार्तिक १२ गते ७:४३


काठमाडौं । एनएमबि बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

Advertisement

बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२/७३ को लेखा परीक्षण पश्चात वितरणयोग्य रकमहरु मध्येबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको ३२२ औं बैठकले १९ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ ।

 नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्यााउनै पर्ने व्यवस्था गरेको छ ।

बैंकले घोषणा गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात तथा आगामी साधारण सभाबाट पारित भएमा वितरण गरिने छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री