शुक्रबार, १४ वैशाख २०८१

खाना खाएपछि किन गुलियो अर्थात मिठाई  अन्तिममा खानुपर्छ ? यस्ता छन् कारण 

समयपोष्ट २०७३ कार्तिक ११ गते ११:१४

 

Advertisement

खानेकुरा खाँदा जहिले पनि नुनिलो खानाबाट  सुरुवात गरिन्छ । कुनै पार्टी,फेस्टिभल या घरमै पनि नुनिलो खाना खाइसकेपछि  मात्र गुलियो खाने  गरिन्छ । 

खाना जहिले मसालेदार  खानेकुराबाट सुरुवात गरेर गुलियोमा अन्त्य गनुपर्छ भन्ने भनाईनै रहेको पाईन्छ।

तर खाना खाएपछि किन गुलियो अर्थात मिठाई  अन्तिममा खानुपर्छ भन्ने  कमैलाई मात्र थाहा हुनसक्छ । यसको पछाडी केही बैज्ञानिक कारणहरु छन् ।

जब हामी केही स्पाईसी खाना खान्छौ हाम्रो शरीरमा पाचक रस र एसिड  उत्पन्न हुन थाल्दछ । 
स्पाइसी फूड्ले शरीरको पाचन सही तरिकाले भइरहेको छ भन्ने सुनिश्चितता गर्दछ ।अर्को गुलियो खानेकुरामा कार्बोहाइड्रेट् को मात्रा अधिकहुन्छ,जसले पाचन प्रकृयालाई,धीमा बनाईदिन्छ । यसको अलावा गुलियोले एमिनो एसिड ट्रिप्टोफैनको अवशोषणलाई बढ़ाईदिन्छ। ट्रिप्टोफैनले सेरोटोनिन लेवल बढ़ाउने गर्दछ । सेरोटोनिन एउटा न्यूरोट्रांसमीटर हो ,यो खुशीको भावनासंग जोडिएको हुन्छ,अर्थात गुलियो खाँदा मानिस खुसी हुन्छ।यसैकारण खाना खाएपछि मान्छेले गुलियो खाने गर्दछन् ।

हुनत वाइट सुगरबाट बनेका मिठाईहरुलाई स्वस्थकर  मानिदैन । चिनीबाट तयार गरिएका खानेकुराहरुले अधिक मोटोपन तथा अन्य स्वास्थ्य सम्वन्धि जटिलताहरु थप्न सक्दछन् । चिनीको सट्टा सख्खर अथवा  ब्राउन सुगरबाट तयार गरिएका मिठाईहरु खाँदा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

आर्गेनिक सख्खर सबैभन्दा उत्तम विकल्प हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री