शनिबार, १५ वैशाख २०८१

भारतीय र चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्दा सार्वजनिक बिदा दिने सरकारको निर्णय

समयपोष्ट २०७३ कार्तिक ११ गते ७:५७

सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विहीबार बसेको  बैठकले भारतीय र चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्दा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भारतीय राष्ट्रपतिले यही कात्तिक १७ गतेदेखि नेपाल भ्रमण गर्दैछन् । सरकारको निर्णयअनुसार १७ गते सार्वजनिक बिदा हुनेछ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणबारे भने टुंगो लागेकाे  छैन । 

Advertisement

 प्रधानमन्त्री प्रचण्डसँग  भारतको गोवामा भएको भेटमा सीले यसवर्ष आफू  नेपाल आउन नभ्याउने र अर्को वर्ष  पक्का आउने आवस्वासन दिएका थिए । बैठकले थाङकोट– चित्लाङ सडकमार्ग स्तरोन्नोति गर्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले घरेलु तथा साना उद्योग विकास समतिको अध्यक्षमा दीपेन्द्र आचार्यलाई  नियुक्त गर्ने निर्णय पनि गरेकाे  छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री