बिहीबार, १५ चैत २०८०

यूनाइटेड सिमेन्ट्सले दियो मिस्त्री तथा ठेकेदारलाई रेट्रो फिटिङ सम्बन्धि जानकारी

समयपोष्ट २०७३ कार्तिक ११ गते ३:५३

यूनाइटेड सिमेन्ट्सले राजमिस्त्री तथा कन्ट्रयाक्टरलाई लक्षित गरी भुकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक जानकारी दिएको छ। कार्यक्रमले निर्माणकर्मीलाई बलियो निर्माणमा प्रेरित गर्ने तथा गुणस्तरीय निर्माण सामाग्री मात्र प्रयोग गर्न उद्योगले सुझाव दिएको छ। 

Advertisement

निर्माणकर्मीको सम्मान स्वरुप सिमेन्ट उद्योग जगतमै पहिलो पटक विशेष योजना प्रारम्भ गरेको  र यसले निर्माणकर्मीहरु लाई थप उत्साह प्रदान गर्ने उद्योगको विश्वास  छ । ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट गुणस्तरीय चुनढुङ्गा उत्खनन गरी ओ.पि.सी. सिमेन्ट मात्र युनाइटेडले उत्पादन गर्दै आएको छ।  यस उद्योगले ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री