बिहीबार, १५ चैत २०८०

मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच सम्बन्ध सुदृढ गर्दैछ :प्रधानमन्त्री

समयपोष्ट २०७३ कार्तिक १० गते ८:३५


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्न लागेको बताएका छन् ।

Advertisement

बुधबार नेकपा माओवादी केन्द्र पर्वतको प्रतिनिधि मण्डलसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र चीनबीच मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्न लागेको बताएका हुन् । 

भेटमा प्रधानमन्त्री भने, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’

त्यस्तै प्रचण्डले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको समेत जानकारी दिए । 
उनले भने,  ‘स्थानीय तह पूनर्संरचना आयोगले छिट्टै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ ।’

उनले अघि भने, संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री