शनिबार, ८ वैशाख २०८१

‘लोकमानबारे निर्णय गर्ने बेला भएको छैन ’

समयपोष्ट २०७३ कार्तिक ९ गते ८:४६

 

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबारे कांग्रेसले हतारमा निर्णय नगर्ने बताएका छन् । 

राजधानीमा मंगलबार आयोजित नुवाकोट–काठमाडौं पत्रकार समाजको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री महतले  कांग्रेसले लोकमानसिंह कार्कीबारे निर्णय गर्ने बेला आइनसकेको र सो विषयमा  हतारमा निर्णय नगर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री महतले ले भने, ‘ कांग्रेसले लोकमानसिंह कार्कीबारे निर्णय गर्ने बेला आइसकेको छैन । निर्णय गर्ने दिनसम्म पार्टीले निर्णय दिन्छ ।’

महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने उनको भनाई थियो ।

हाल कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा लोकमानको पक्ष र विपक्षमा चर्को बहस हुँदै आएको छ ।

यस्तै उनले लोकमान प्रकरणले अरु विषय ओझेलमा पर्न नुहनेमा समेत जोड दिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री