शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रे बैंकले सुरु गर्यो भिसा डलर प्रिपेड कार्ड

समयपोष्ट २०७३ कार्तिक ८ गते ८:२५

माछापुच्छ्रे बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुबिधाको लागि भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्याएको छ। 

Advertisement

भुटान तथा भारत बाहेकका देशमा भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रमा यो कार्ड सजिलै चलाउन सकिने बैंकले जनाएको छ।
उक्त कार्ड नेपाल राष्ट्र बैङ्कले तोकेको सीमासम्म भुटान र भारत बाहेकका तेस्रो मुलुकमा भ्रमण गर्दा प्रयोग गर्न सकिनेछ। नगद विदेशी मुद्राको उत्तम विकल्पको रुपमा यो कार्डलाई सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री