बिहीबार, १३ वैशाख २०८१

लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्ताव पास गर्न माग गर्दै प्रदर्शन

समयपोष्ट २०७३ कार्तिक ७ गते ९:४६


काठमाडौँ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

Advertisement

प्रमुख दलसम्वद्ध विद्यार्थी संगठनहरुले आइतबार दिउँसो माइतीघर मण्डलाबाट बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले लोकमानको सम्पत्ति सार्वजनिक गर, विधिको शासन कायम गर, लोकमानलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री