शनिबार, ८ वैशाख २०८१

सीजीले ल्यायो नयाँ स्मार्टफोन

समयपोष्ट २०७३ कार्तिक ७ गते ९:२६


काठमाडौं । सीजी मोबाइल कम्पनीले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन भित्राएको छ ।

Advertisement

कम्पनीले इओन ब्लेज सिक्स र इओन ब्लेज प्रो अन्र्तगतका दुई मोडल बजारमा ल्याएको हो ।

कम्पनी भखरै सार्वजनिक गरेको इओन ब्लेजमा ६ इन्चको एचडी डिस्प्ले रहेको छ ।

फोनमा १३ मेगा पिक्सलको रियर र सेल्फीका लागि ५ मेगा पिक्सलको क्यामेरा जडान छ ।

एन्ड्रोइड भर्सनको स्मार्टफोनमा २८ सय एमएएच पावरको ब्याट्री छ ।

१ जीबी र्याम छ भने १६ जीबी इन्टरनल स्टोरेज क्षमता छ ।

यसको कम्पनी मूल्य ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।

त्यस्तै इओन ब्लेज प्रोमा भने ५.५ इन्चको डिस्प्ले छ ।

यो स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर र ५ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ ।

२४ सय एमएएच पावर ब्याट्री रहेको मोबाइल सेटमा १ जीबीको र्या मको साथमा १६ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । 

यो स्मार्टफोन नेपाली बजारमा ९ हजार ६ सय ९९ रुपैयाँमा किन्न पाइने कम्पनीले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री