शुक्रबार, ७ वैशाख २०८१

सनराइज बैंकले बढायो मुनाफा, बैंकको खुद ब्याज आम्दानी साढे २३ करोड

समयपोष्ट २०७३ कार्तिक ७ गते ८:००


काठमाडौँ । सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख १६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको  छ ।

Advertisement

मुनाफासंगै बैंकले खुद ब्याज आम्दानी साढे २३ करोड रुपैयाँले बढाएको हो । 

बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफामा उच्च बृद्दि हासिल गर्न संभव भएको हो। 

गत आवको असोज मसान्तमा २८ करोड छ लाख रुपैयाँ खुद ब्याज आम्दानी हासिल गरेको बैंकले चालु आवमा ५१ करोड ५६ लाख रुपैयाँ कमाएको छ।

गत आवको यहि अवधिमा बैंकको नाफा ११ करोड ७८ लाख रुपैयाँ थियो। 

गत आवको तुलनामा बैंकको खराव कर्जा एक प्रतिशत बिन्दुले घट्दै  असोज मसान्तमा खराव कर्जा १.६९ प्रतिशतमा सिमित भएको हो।

बैंकको कुल निक्षेप १८ करोड रुपैयाँले बढेर ५२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। 

त्यस्तै बैंकको कुल कर्जा १७ अर्ब रुपैयाँले बृद्धि भइ ४६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री