शुक्रबार, १४ वैशाख २०८१

 महाअभियोगबारे पार्टी केन्द्रीय समितिमा छलफल हुँदैछ :शेरबहादुर देउवा

समयपोष्ट २०७३ कार्तिक ७ गते ६:४०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंहविरुद्ध दर्ता भएको महाअभियोगबारे पार्टी केन्द्रीय समितिमा छलफल भइरहेको बताएका छन् । 

Advertisement

आइतबार विहान संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न दबाव अभियान थालेको संयुक्त विद्यार्थी आन्दोलनको  ज्ञापन पत्र बुझ्दै कांग्रेस सभापति देउवाले अख्तियार प्रमुख लोकमान सिंहविरुद्ध दर्ता भएको महाअभियोगबारे पार्टी केन्द्रीय समितिमा छलफल भइरहेको र छिट्टै निर्णय आउने बताएका हुन् ।

ज्ञापन पत्र बुझ्दै देउवाले महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी समेत गरे ।

उनले प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा पनि यसबारे कुराकानी नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री