शुक्रबार, १६ चैत २०८०

नयाँ मर्चेण्ट बैंकलाई सञ्चालन अनुमतीमा रोक

समयपोष्ट २०७३ कार्तिक ७ गते ३:५०

नेपाल धितोपत्र बोर्डले नयाँ मर्चेण्ट बैंकरलाई सञ्चालन अनुमती नदिने भएको छ । अहिलेको बजार अनुसार १९ मर्चेण्ट बैंकर काफी भएको भन्दै थप १० मर्चेण्ट बैंकरले स्वीकृति पाए पछि नयाँ मर्चेण्ट बैंकलाई सञ्चालन अनुमतीमा रोक लगाएको हो । बोर्डका अनुसार १९ वटा संगठित संस्थाहरुले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमति पत्र प्राप्त गरी सेवा प्रदान गरिरहेका छन् । थप १० संगठित संस्थाहरु अनुमति पत्रका लागि बोर्डको प्रक्रियामा प्रवेश भैसकेको अवस्था रहेको र ती संस्था आए पछि कुल २९ संस्था हुने भन्दै अरु संस्थाबाट आवेदन नलिने बताएको हो ।

Advertisement

बजारमा वैंक तथा वित्तीय संस्था र बीमा सम्वन्धी संस्थाहरुको वाहुल्यता रहेकोमा त्यस्ता संस्थाको स्थापन प्रकृया स्थगित गरी तिनीहरुको क्षमता बिस्तार प्रकृया चलिरहेका कारण मर्चेण्ट बैंकरको पनि क्षमता बिस्तारमा केन्द्रित हुन अरु संस्थालाई सञ्चालन अनुमती नदिइने बोर्डले प्रष्ट पारेको छ । उसले मर्चेन्ट वैकिङ्ग सम्वन्धी नियमावली संशोधन प्रकृयामा रहेको भन्दै उक्त समयसम्म अरु संस्थालाई सञ्चालन अनुमती नदिने बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री