बिहीबार, १३ वैशाख २०८१

स्वास्थ्य विटमा काम गर्ने पत्रकार संगठित

समयपोष्ट २०७३ कार्तिक ६ गते ११:०१

स्वास्थ्य विट लिएर रिर्पोटिङ्ग गर्ने पत्रकारहरुको संस्था ‘स्वास्थ्य पत्रकार मञ्च’ नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट स्वास्थ्य खवर पत्रिकाका अनिल न्यौपानेको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
 मञ्चको उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी कल्पना आचार्य र महासचिवमा द काठमाडौं पोष्टका मनिष गौतम, सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।
 यसैगरी सदस्यहरुमा नेपाल समाचारपत्र दैनिककी भगवती तिमिल्सिना , नयाँ पत्रिका दैनिकका भिषा काफ्ले, अन्नपुर्ण पोष्टकी दीपा दाहाल , नागरिक दैनिकका प्रवीण ढकाल, हाम्रो डक्टर डटकमका उद्धवराज भेटवाल र कारोबार दैनिककी जुनु भट्टराईलाई निर्वाचित गरेको छ । 
यसैगरी मञ्चको पूर्ण सदस्यमा कान्तिपुर दैनिकका कृष्ण ज्ञवाली , राससकी कल्पना पौडेल , स्वास्थ्य खवरका डिबी खड्का, हाम्रो डक्टरका वासुदेव न्यौपाने निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिले ६ महिनाभित्र स्वास्थ्य पत्रकारहरुको राष्ट्रिय भेला गरी स्वास्थ्य पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री