शुक्रबार, १४ वैशाख २०८१

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरमा हुने

समयपोष्ट २०७३ कार्तिक ५ गते ७:००

काठमाडौं । फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा दशौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलमा हुने भएको छ ।

Advertisement

“रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि” भन्ने नाराका साथ यही कार्तिक १० देखि १३ गतेसम्म जावलाखेलको खेल मैदानमा हुने फ्लोरिकल्चर एसोशिएसन नेपालले जनाएको छ । 

गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने लक्ष्यका साथ प्रदर्शनी गर्न लागेको फ्यानले जनाएको छ ।

प्रदर्शनीबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास फ्यानको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री