शुक्रबार, १६ चैत २०८०

उपत्यकाका विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ,प्रहरीले पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गर्दै

समयपोष्ट २०७३ कार्तिक ५ गते ६:३२

 काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र आफूलाई सोही पार्टीको विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटालाई प्रहरीले गएराति  काभ्रेस्थित एक घरबाट पक्राउ गरेको हो । 

गत असोज ४ गते काठमाडौं र ललितपुरका विद्यालयहरुमा बम विष्फोट गराइएको थियो ।

घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो ।

ति क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका भ्रातृ संगठनहरू हुन् ।

घटना भएको एक महिनापछि अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने तयारी प्रहरीको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री