मंगलबार, ११ वैशाख २०८१

अख्तियार प्रमुखको जिम्मेवारीमा दीप बस्नेत

समयपोष्ट २०७३ कार्तिक ४ गते ६:०८

काठमाडौ । कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी विहीबारदेखि आयुक्त दीप बस्नेतले सम्हालेका छन् । 

Advertisement

लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएर निलम्बित भएसँगै आयुक्त बस्नेतले प्रमुख कार्यवाहक आयुक्तको काम थालेका हुन् ।

संवैधानिक आयोग संविधान अनुसार चल्ने हुँदा संविधानमै प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था छ ।

बस्नेत निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन् ।

उनी  निजामति सेवामा रहँदा अतिरिक्त कमाउ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा बसेका थिए ।

उनी सेवाकै अवधिमा अख्तियारको छानविनमा परेका ब्यक्ति हुन्  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री