शुक्रबार, १४ वैशाख २०८१

म्यानुअल लिफ्ट सुविधा भएको साझाका तिस नयाँ बस सञ्चालनमा आउँदै

समयपोष्ट २०७३ कार्तिक ४ गते ५:५०

काठमाडौं । हृवील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्ने म्यानुअल लिफ्ट सुविधा भएको बस साझा यातायातले सञ्चालनमा ल्याउँने भएको छ  । 

Advertisement

साझा यातायातले दुई सातापछि तिस  नयाँ यस्ता  मास बस सञ्चालन गर्ने तयारी गरीरहेको जानकारी दिएको छ । 

बसको पछिल्लो भागको ढोकाबाट हृवील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्ने साझाले जनाएको छ ।  

नयाँ बसमा दुईवटा फराकिला ढोका छन् । बसको पछिल्लो भागको ढोकाबाट बसमा दुईवटा हृवील चेयर अटाउने स्पेश छ ।

 बसभित्र हृवीलचियर अड्याएर सिटबेल्ट बाँधेर बस्न सकिन्छ ।

 साझाको बोर्ड बैठकले कुन रुटमा नयाँ बसहरु चलाउने भन्ने निर्णय गर्न  बाँकी रहेको जनाएको छ ।

 काठमाडौं महानगरपालिकालाई १० करोडको शेयर बेचेर साझा यातायातले ३० वटा नयाँ बस किनेको हो ।

यी नयाँ बस झण्डै ११ मिटर लामा छन् । काठमाडौंका सडकमा यात्राका लागि यी बस सुविधाजनक, आकर्षक हुने मानिएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री