शुक्रबार, १४ वैशाख २०८१

अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले शिलबन्दी गर्यो

समयपोष्ट २०७३ कार्तिक ३ गते ९:५५


काठमाडौं । नक्सालस्थित भटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ ।

Advertisement

स्वीट हाउसको भान्छामा उत्पादन भइरहेको खाद्यवस्तुमा झिँगा, साङ्ला र भुसना घुमिरहेको फेला पारेपछि अनुगमन टोलीले शीलबन्दी गरेको हो ।

त्यस्तै  अनमोल स्वीट्सको बिक्रीकक्षमा सजाएर राखिएको लालमोहन, रसवरी र दहीमलाईसमेत अखाद्य भेटिएपछि बिभागको टोलीले  नष्ट गरेको छ ।

बिक्रीकक्षमा राखिएको १४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई नष्ट गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री