बिहीबार, १३ वैशाख २०८१

संविधान संशोधन गनुपर्छ भन्नेमा सबै दल सहमत छन् :प्रधानमन्त्री

समयपोष्ट २०७३ कार्तिक ३ गते ६:१९

 

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्नुपर्छ भन्नेमा सबै दल सहमत भएको बताएका छन् ।

बुधबार सिंहदरवारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले  संविधान संशोधन गर्ने विषयमा सबै दल सहमत भएपनि  के के कुरा संशोधन गर्ने भनेर कन्टेन्टमा छलफल भइरहेको बताएका हुन् ।
 

उनले संविधान संशोधनबारे प्रमुख विपक्षी नेकपा एमालेसहित सबै दलसँग सकारात्मक छलफल भइरहेको पनि बताए ।

बैठकमा प्रचण्डले सिमांकन, नागरिकता लगायतका विषयमा संविधान संशोधनको गृहकार्य भइरहेको बताए ।

उनले सिमांकनबाहेक अन्य विषयमा संशोधन प्रक्रियामा खासै समस्या नहुने विश्वास व्यक्त गरे ।
 

छठ पर्व लगत्तै संविधान संशोधन गर्ने तयारी भइरहेको दाहालले जानकारी दिए ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री