शुक्रबार, १६ चैत २०८०

पञ्चकन्याले ल्यायो ३१६ ग्रेडका ट्याङ्क

समयपोष्ट २०७३ कार्तिक २ गते १२:३०

पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३१६ ग्रेडको ट्याङ्क बजारमा ल्याएको छ । कम्पनीका अनुसार ३१६ ग्रेडका ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको छ, जसले पानी छिटो तात्न पाउदैन । लक गर्न मिल्ने बिर्को भएकोले कुनै किसिमको कीरा, फोहर आदि पस्न सक्दैन ।

Advertisement

साथै स्ट्याण्ड सहित हुनाले ट्याङ्क रहेको स्थान समेत सरसफाई गर्न सजिलो हुन्छ र राख्ने स्थान समेत कम भए पुग्छ । ३१६ ग्रेडका ट्याङ्कहरु फार्माच्यूटिकल ल्याब, हस्पिटल, ब्रुअरी, डिष्टिलरी, डेरी, औद्योगिक प्रतिष्ठान, फुड एण्ड बेभरेज जस्ता उद्योग तथा घरायसी प्रयोजनकालागी अति उपयोगी हुने देखिन्छ । हाल यी ट्याङ्कीहरु १०००, १५००, २०००, ३०००, ४००० र ५००० लिटर क्षमतामा उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री