मंगलबार, ३ असार २०८२

सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरुले बालुवाटरमा दिए धर्ना 

समयपोष्ट २०७३ कार्तिक २ गते ८:३८

 काठमाडौं । विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै मंगलबार आन्दोलनरत अस्थायी शिक्षकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

Advertisement

सरकारसँग विगतमा भएका सहमतिहरु शिक्षा ऐनको आठौं संसोधनमा नसमेटिएको भन्दै शिक्षकहरुले बालुवाटारमा दुई घन्टा धर्ना दिएका हुन् । 

आन्दोलनरत शिक्षक समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्ने, ६० वर्ष पुगी अवकाशप्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायीका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्ने लगायत माग राखेको छ।

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले ऐनको दफा ११ का विभिन्न उपदफाहरु संसोधन गरेर सामुदायिक विद्यालयका शिक्षकहरुले शिक्षक सेवा आयोगमा सहभागी हुन नचाहेमा स्वास्थ्य उपचार र उपदानको व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री