शुक्रबार, २१ वैशाख २०८१

सूर्या लाइफले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ कार्तिक १४ गते १२:३९

Advertisement

सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

बोनश वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १२२ रुपैयाचँ पुग्नेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री