बिहीबार, १३ वैशाख २०८१

नेपाल लाइफको प्रीमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२

समयपोष्ट २०७८ कार्तिक ११ गते १७:३८

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेता घोषित गरिएको छ ।

नेपाल लाइफको कार्यालयमा भएको लक्की ड्रमा विराटनगरका विज्ञान दाहाल विजेता घोषित हुनुभएको हो । उहाँले आइफोन १२ प्राप्त गर्नुभएको छ ।

दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान प्रदान गर्नुभयो ।

नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्म मार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै इसेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गर्नुभयो ।

आइफोन १२ प्राप्त गरेपछि विज्ञान दाहालले १० वर्ष अघि बीमा गरेको पोलिसिको प्रीमियम समय र सहजतालाई ध्यान दिइ इसेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको बताउनु भयो । तर जब इसेवाबाट तपाई लक्की ड्र मार्फत छनौट हुनु भएको छ भनी फोन आउँदा सर्पाइज भएको जनाउनु भयो । दाहालले अगाडी थप्नु भयो आजको दिनमा डिजिटल प्लाटफर्म मार्फतको भुक्तानीको विश्वासनीयता बढ्दै गएको छ भने यस्ता उपहार/पुरस्कारले अझ थप उत्साह थपेको छ ।

आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री