बिहीबार, २० वैशाख २०८१

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

समयपोष्ट २०७८ कार्तिक ९ गते १६:१६

Advertisement

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ।

कम्पनीको नयाँ लोगो मंगलबार कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

नयाँ लोगो सार्वजनिक गर्दै कम्पनीका अध्यक्ष भट्टराईले नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अगाडि बढ्ने बताए । कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित/सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरे।

१० वर्षभन्दा बढी समयदेखि जीवन बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका झाले जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता भएको बताए। उनले नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’अर्थात ‘सबै सुखी हुन्’ का साथ सुभारम्भ गरेकाले कम्पनीले उचाइ हासिल गर्ने बताए।

Advertisement

झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने भन्दै कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्ने बताए।

प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता भएको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री