शनिबार, १५ वैशाख २०८१

श्रीमती र छोरीको टोकेर हत्या !

समयपोष्ट २०७८ कार्तिक ९ गते १२:५८

Advertisement

श्रीमती र छोरीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।

मंगलबार बिहान इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

झारफुक गर्ने क्रममा आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा तामाङकी ३४ वर्षीय श्रीमती सीता तामाङ र छोरी शिक्षा तामाङको मृत्यु भएको थियो ।

तामाङले झारफुक गर्ने क्रममा श्रीमती र छोरीको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री