शनिबार, १५ वैशाख २०८१

कोमल वलीदेखि दीनानाथ शर्मासम्म, २० सांसद फागुनमा पदमुक्त हुँदै,कुन पार्टीका को-को (नामावलीसहित)

समयपोष्ट २०७८ कार्तिक ८ गते १७:११

Advertisement

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा आयोगले फागुन पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो ।

राष्ट्रियसभाका २० सदस्यको पद आगामी फागुनमा रिक्त हुँदैछ ।

रिक्त हुनेमा एमालेका ८, माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनित एक सदस्य रहेका छन्।

एमालेका परशुराम मेघी गुरुङ,कोमल वली,सुमनराज प्याकुरेल,कविता बोगटी,चक्र स्नेही,नैनकला ओझा,रामलखन चमार,अगम वान्तवा राईको कार्यकाल सकिदै छ भने माओवादी केन्द्रका दीनानाथ शर्मा,शशिकला दाहाल,जीवन बुढा,खिमकुमार विकको कार्यकाल सकिदै छ ।

त्यस्तै एकीकृत समाजवादीका ठगेन्द्रप्रसाद पुरी,शेरबहादुर कुँवर,उदया शर्मा पौडेल,शान्तिकुमारी अधिकारीको कार्यकाल सकिदै छ ।

नेपाली कांग्रेसका राधेश्याम अधिकारी,दीर्घनारायण पाण्डे,तारादेवी भट्ट पनि बाहिरिने छन् ।

मनोनितमा रामनारायण बिडारी छन्।

२०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो । त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो । पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् ।

दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री