शुक्रबार, २१ वैशाख २०८१

कैलाली र कञ्चनपुरमा सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

समयपोष्ट २०७८ कार्तिक ८ गते १६:३५

Advertisement

सन नेपाल लाइफले कैलाली र कञ्चनपुर जिल्लामा बीमा जागरण अभियान सञ्चालन गरेको छ ।

कम्पनीले कैलालीको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पूनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको जनाएको छ ।

साथै कम्पनी को शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी,पूनर्वास,हसूलिया,मसुरिया, भजनी, सुखड, लम्की,टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताअरुलाई सम्मान समेत गरेको छ ।

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कायक्रमहरुको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गर्नु भएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री