बिहीबार, १३ वैशाख २०८१

एआईजी सिंहमाथि अनियमितता गरेको आरोप, पोखरेलको नेतृत्वमा छानबिन समिति गठन

समयपोष्ट २०७८ कार्तिक ८ गते १२:०३

Advertisement

नेपाल प्रहरी अस्पतालकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहमाथि अनियमितता गरेको आरोप लागेको छ ।

एआईजी सिंहले अस्पतालमा आवश्यक सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप लागेसंगै छानबिनका लागि समिति गठन भएको छ ।

अनियमितता छानबिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा समिति गठन गरिएको छ ।

समितिमा आईजीपीको सचिवालयमा कार्यरत डिआईजी वसन्त लामा, उजुरी छानबिन शाखा र कानुन शाखाका प्रतिनिधि सहित ५ जना सदस्य छन् ।

एआईजी सिंहले अस्पतालमा आवश्यक सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो ।

अख्तियारले अस्पतालमा भएको भनिएको अनियमितता छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

अस्पतालमा भएको अनियमितता बारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गरिरहेको छ ।

अस्पताल प्रमुख डा. आशाले कमसल औषधी खरिद गर्ने गरेको र आवश्यक सामान नकिनेर अनावश्यक सामग्री किनेर मोटो रकम कमिसन खाने गरेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री