बिहीबार, १३ वैशाख २०८१

चीनले मानवसहित अन्तरीक्ष यान प्रक्षेपण गर्यो 

समयपोष्ट २०७३ कार्तिक १ गते ९:०७

 

Advertisement

काठमाडौं । चीनले मानवसहितको अन्तरीक्ष यान प्रक्षेपण गरेको छ । शेनजु११ नाम दिएको  यानमा दुई जना अन्तरीक्ष यात्री छन् । 

यान सोमबार गोबी रेगिस्तानको किनारमा बनाइएको जियोचुयान स्याटलाइट केन्द्रबाटअन्तरीक्षमा पठाइएको हो ।

यानमा ४९ वर्षीय जिंग हेपिङ र ३७ वर्षीय चेन डोंग छन् । यी दुबै अन्तरीक्ष यात्री एक महिनासम्म अन्तरीक्ष प्रयोगशाला थियानगोंग २ मा रहनेछन् ।

यो चिनियाँ अन्तरीक्ष यात्रीका लागि सबैभन्दा लामो अन्तरीक्ष यात्रा हो ।

यसको उद्देश्य चन्द्रमा र मंगल ग्रहमा अन्तरीक्ष यात्री पठाउने सम्भावनाको खोजी गर्ने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् ।

करिब तीन वर्ष अघि चीनका रोवर मिशन, जेड रेबिट रोबोट चन्द्रमामा पुग्न सफल भएका थिए ।

मानिसलाई अन्तरीक्षमा पठाउने अमेरिका र रुस पछि चीन तेस्रो देश बनेको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री