बिहीबार, १३ वैशाख २०८१

१० वर्ष मुनिका बालबालिकामा समेत कोरोना सङ्क्रमण

समयपोष्ट २०७८ असोज ३० गते १८:१२

Advertisement

पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनाको पीसीआर गर्दा १३६ र ३२७ को एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त १४७ सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । त्यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जनामा कोरोना सङ्क्रण देखिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ छ । त्यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका र १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री