आज विजयादशमी पर्व
समयपोष्ट
२०७८ असोज २९ गते ८:३०
आज मान्यजनबाट टीका र जमरा लगाइ विजयादशमी पर्व मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टिका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटलाई परेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।
मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।
घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ । आजबाट कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
प्रतिक्रिया