बुधबार, ५ वैशाख २०८१

एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिईन् गौरी

समयपोष्ट २०७८ असोज २२ गते ९:३३

Advertisement

बलिउड बादशाह शाहरुख खानको परिवार यतिबेला छोरा आर्यनका कारण चिन्तामा छ ।

आर्यन लागुपदार्थको केसमा फसेपछि बलिउडमा शाहरुख पत्नी गौरी समेत लागुपदार्थ दुब्र्यसनीमा रहेको चर्चा चल्न थालेको छ । केही वर्षअगाडि गौरी खान पनि लागुपदार्थसहित भेटिएको चर्चा चलेको थियो ।

उनी बर्लिन एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् । प्रहरीले यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिएको थिएन । तर, गौरी लागुपदार्थ दुरव्यसनीमा रहेको जनाइएको थियो । गौरी खानलाई त्यस समयमा पक्राउ गरिएन किनकी उनीसँग एक व्यक्तिले प्रयोग गर्ने जति नै गाँजा थियो ।

उनीबारे यस विषयमा लगातार समाचार प्रशारण हुन थालेपछि गौरी खानले अन्तरवार्तामा उक्त समाचारलाई अफवाह बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री