शुक्रबार, ४ जेठ २०८१

“दिमाग हल्लिने अफर”, अब मात्र ८९९ मा १०० एमबिपिएस डिशहोम फाईवरनेट

समयपोष्ट २०७८ असोज १९ गते १४:३०

Advertisement

डिश मिडिया नेटवर्क लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा प्रदान गर्ने भएको छ ।

ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने कम्पनीले जनाएको छ ।

१०० एमबिपिएस ईन्टरनेट सवै भन्दा सस्तो मुल्यमा जडान गरि स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने छन् ।

२०७८ असोज ११ गते देखि “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन भईरहेको छ यो योजना अन्तरगत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।

Advertisement

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।

विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको छ ।

ईन्टरनेट वितरणको सुरुवाती चरणमानै गुणस्तरीय र उत्कृष्ट सेवा मार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाईवरनेट पर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री