शुक्रबार, १४ वैशाख २०८१

एनएलजी ईन्स्योरेन्स कम्पनीको आयोजनामा बैंकासुरेन्स सम्वन्धी दुई दिने कार्याशाला सम्पन्न

समयपोष्ट २०७३ असोज ३० गते ९:४५

बिमा समितिका अध्यक्ष प्रा।डा।फत्तवहादुर केसीले युरोप लगायत एसियाका विभिन्न देशमा बैंकासुरेन्स व्यवसायले व्यापक प्रगति गरे पनि नेपालमा अपेक्षाअनुसारको गति नलिएको बताएका छन । 

Advertisement

एनएलजी ईन्स्योरेन्स कम्पनीको आयोजनामा दुई दिने बैंकासुरेन्स कार्यशालाको उदघाटन गर्दै उनले ग्रामिण  भेगका सर्वसाधारण आज पनि बिमाको पहुँचबाट टाढा रहेकाले सम्बद्ध सबै पक्ष संयुक्तरुपमा लाग्नु पर्ने बताए।  
एनएलजी ईन्स्योरेन्सका अध्यक्ष कुशप्रसाद मल्लीले बैंकासुरेन्सको बारेमा बिमा तथा बैंकिङ्ग उद्योगलाई सानो भएपनि योगदान पुगोस् भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए। 

एनएलजी ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले इन्स्योरेन्सका बारेमा पर्याप्त मात्रामा जानकारी नभएका कारण ग्राहक मात्रै नभई लगानी समेत जोखिममा परेका थुप्रै उदाहरणहरु रहेको बताए। उनले गत साल आएको विनाशकारी भूकम्पले धेरैको घरबास उठीबास लगाउँदा इन्स्योरेन्स नभएका कारण धेरै नेपालीहरु अप्ठ्यारोमा परेको भन्दै यससम्वन्धी जनचेतना जगाउनुपर्नेमा जोड दिए। 
शुक्रबार र शनिबार चलेको उक्त कार्यशालामा विभिन्न बैंक तथा इन्स्योरेन्स कम्पनीका पचासभन्दा बढी कर्मचारीहरुले सहभागिता जनाएका थिए।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री