बिहीबार, २० वैशाख २०८१

गुहेश्वरी मर्चेन्टले १२ प्रतिशत वोनस सेयर दिने

समयपोष्ट २०७३ असोज २८ गते ६:५६

 गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई १२ प्रतिशत वोनस सेयर दिने भएको छ । कम्पनीले हकप्रद सेयर वितरणपछि कायम हुने पुँजीमा वोनस सेयर दिने जनाएको छ।

Advertisement

गत आर्थिक बर्षमा कम्पनीको चुकता पुँजी २९ करोड ३७ लाख रुपैयाँ थियो । कम्पनीले यसको ५० प्रतिशत अर्थात १४ करोड ६८ लाख रुपैयाँको हकप्रद सेयर असोज २१ गते जारी गरेको थियो । हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ४४ करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो चुक्ता पुँजीमा पाँच करोड २८ लाख ७३ हजार रुपैयाँ बराबरको वोनस सेयर जारी गर्ने जानकारी नेप्सेलाई गराएको हो । कम्पनीले कर प्रयोजनका लागि २७ लाख ८२ हजार रुपैयाँ नगद लाभांस समेत घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री