बिहीबार, १३ वैशाख २०८१

इन्जिनियरिङमा विशिष्ट पहिचान बनाउँदै, नेसनल कलेज अफ इन्जिनियरिङ

समयपोष्ट २०७३ असोज २० गते ३:४९

काठमाडौं । इन्जिनियरिङ विषय आजकाल आमविद्यार्थीको रुचिभित्र पर्न थालेकोको छ । अन्य विषयभन्दा अध्ययन गर्दा कम खर्च लाग्ने, अध्यापन सकिएपछि बेरोजगार बस्नुनपर्ने, नाम र दाम दुवै हुनेहुँदा इन्जिनियरिङतर्फ  विद्यार्थी आकर्षित हुन थालेका छन् । 
विद्यार्थीको आकर्षणसँगसँगै इन्जिनियरिङ अध्ययन संस्था पनि थुप्रै सञ्चालनमा आइरहेका छन् । त्यही भीडमा एउटा चिरपरिचित नाम हो– त्रिभुवन बिश्वविद्यालयबाट सम्बन्धन प्राप्त ललितपुरको ताल्छिखेलस्थित नेसनल कलेज अफ इन्जिनियरिङ । यस कलेजले स्थापनाको सोह्रौं वर्ष पार गरी सत्रौं वर्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ । आफ्नै सवा ६ रोपनी जग्गामा सञ्चालित यस कलेजमा इन्जिनियरिङका विद्यार्थीका लागि आवश्यक  सम्पूर्ण सेवा, सुविधा, पूर्वाधार रहेको कलेजका प्राध्यापक तथा प्रिन्सिपल टकबहादुर गलामी बताउँछन् । केही पूर्वाधार अझै थप्नेक्रममा रहेको जानकारी उनले दिए ।  प्राध्यापक गलामीका अनुसार सो कलेजमा ३५ जना फुलटाइमर टिचर छन् भने केही पार्टटाइमर टिचरमा  विभिन्न क्याम्पस कलेजका विज्ञ प्राध्यापकलाई आमन्त्रण गरी कक्षा सञ्चालन हुन्छ । 
सो कलेजको सिभिलतर्फ ९६, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनतर्फ ५३ इलेक्ट्रिकलमा ४८ गरी एक वर्षमा सबै गरेर इन्टेक क्यापासिटी २५० रहेको छ । स्थापनाकालदेखि नै यस कलेजको नतिजा राम्रो रहेको कलेजका प्रबन्ध सल्लाहकार धनप्रसाद पौडेल बताउँछन् । उनका अनुसार हरेक वर्ष पचास प्रतिशतभन्दा  माथि कलेजले नतिजा ल्याउन सफल हुने गरेको छ । कलेजका विद्यार्थी थुप्रै विदेशमा गएर सफलतापूर्वक मास्टर्स, पीएचडी गरिरहेको उनको भनाइ छ । सल्लाहकार पौडेलले आफ्ना विद्यार्थी स्वदेश तथा विदेशमा राम्रो छाप पार्न सफल भएको र हालसम्म कलेजका कुनै पनि विद्यार्थी बेरोजगार भएर बस्नु नपरेको जानकारी दिए ।  
नेसनल कलेज अफ इन्जिनियरिङलाई  युनिभर्सिटीका रूपमा अगाडि बढाउने योजनामा छन् कलेजका सञ्चालकहरू । यसका लागि अझै आठ÷दस वर्ष कुर्नपर्ने पौडेल बताउँछन् । हाल यस कलेजका सञ्चालकहरू कसरी कार्यक्रमलाई वृद्धि गर्दै लैजाने र पूर्वाधार बढाउने भन्ने सोचमा केन्द्रित छन् । मुख्यगरी नेपालमा भएका इन्जिनियरिङ कलेजमध्ये सर्वोत्कृष्ट हुनु उनीहरूको लक्ष्य रहेको छ । 
nce

Advertisement

कलेजका संस्थापक पनि सम्पूर्ण रूपमा अनुभव प्राप्त प्राज्ञिक क्षेत्रबाट आएका हुनु, विद्यार्थीलाई क्वालिटी एजुकेशन प्रदान गर्नु यस कलेजको मुख्य टार्गेट रहेकाले कलेजलाई नम्बर वान बनाउन धेरै समय नलाग्ने विश्वास राख्छन् कलेजका एकेडेमिक एड्भाइजर संगीतलाल नकर्मी । इन्जिनियरिङमा सबैभन्दा बढी प्राक्टिकल चाहिने हुँदा आफ्नो कलेजले अन्य कलेजको तुलनामा  विद्यार्थीलाई बढी समय ल्याबमा दिने गरेको नकर्मी बताउँछन् । इन्जिनियरिङ भनेको यस्तो विधा हो, जहाँ आजभन्दा भोलि केही न केही फरक आइरहेको हुन्छ, ती सबै कुरा विद्यार्थीलाई दिने भनेको शैक्षिक संस्थाले नै हो । त्यसका लागि अहिलेको आधुनिक प्रविधि प्रयोग गरेर एनईसीले विद्यार्थीलाई सैद्धान्तिकभन्दा बढी व्यावहारिक ज्ञान दिइरहेको नकर्मी बताउँछन् । 
 कलेजका फ्याकल्टी एड्भाइजर कविर महर्जनका अनुसार बीई कार्यक्रममा चार फ्याकल्टी छन् र आगामी दिनमा यसलाई थप्दै लगिनेछ । 
कलेजले जेहेनदार छात्रछात्रा, सहिद परिवारका विद्यार्थीलाई विभिन्न छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । साथै कलेजले सिटिजन्स बंैक इन्टरनेसनलसँगको सहकार्यमा आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने व्यवस्था मिलाएको छ ।
 एनईसीका विद्यार्थीले आफ्नो अध्ययन अवधिभरि ३ लाख ५० हजार  किस्ताबन्दीमा कर्जा पाउनेछन् । यो कर्जा उपभोग गरेबापत वार्षिक ८.५ का दरले हुन आउने ब्याज मासिक रूपमा बैंकमा बुझाउनुपर्नेछ । अध्ययन अवधिभित्र विद्यार्थीले सो ऋण चुक्ता गर्नुपर्नेछ । कर्जाको अवधि चार वर्षको हुने र अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वासका आधारमा अर्को चार वर्षको अवधिमा तिर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री