बुधबार, १२ वैशाख २०८१

बागलुङ्गमा लक्ष्मी बैंकको ५५औं शाखा

समयपोष्ट २०७३ असोज २० गते ३:०६

लक्ष्मी बैंकले बागलुङ्गमा नयाँ शाखा शुभारम्भ गरेको छ । आफ्नो सेवा सहज रुपमा पु-याउने लक्ष्यले बैंकले यो शाखा संचालनमा ल्याएकोे हो ।
आर्थिक र व्यापारीक दृष्टिकोणले प्रमुख भूमिका भएको सो क्षेत्रमा आफ्नो यो शाखा मार्फत सुविधाजनक नयाँ निक्षेप योजना र विभिन्न आवधिक तथा बचत निक्षेप सेवा प्रदान गर्ने जनाएको छ ।

Advertisement

बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यममा शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड फड्को मार्ने विश्वास लिएको छ ।
लक्ष्मी बैंकको शाखा संजाल ५५ पुगेको छ भने २ विस्तार काउन्टर, ७५ एटिएम पुगेको छ । शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री