बुधबार, ५ वैशाख २०८१

होण्डा नेभी-११० बाइक बिक्री सुरु हुने

समयपोष्ट २०७३ असोज १९ गते ८:५४


काठमाडौं । होण्डा नेभी-११० को बाइक बिक्री सुरु हुने भएको छ ।

Advertisement

बाइक नोभबेम्बरबाट बिक्री सुरु गर्ने भनिएपनि छिटै नेपाल  भित्रिएकाले बिक्री सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

नेपालको लागि होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनीले यो बाइक भित्र्याएको हो ।

यस बाइकमा  ३.८ लिटर इन्धन टयांकी छ । यो मोटसाइकलको नेपाली मूल्य १ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । आकर्षक लुक भएको यस मोटरसाइकलमा डिक्स ब्रेक जडान गरिएको छ ।

भारतमा प्रतिलिटर ६० किलोमिटर माइलेज दिने भनिएपनि काठमाडौं लगायतका शहरमा  ४० देखि ४५ किलोमिटरमात्र माइलेज दिने कम्पनीले जनाएको छ ।

कम्पनीले यसलाई फन सेगमेन्टको सवारी रुपमा प्रचार गरेको छ । यसको ग्राउण्ड क्लिरेन्स १५६ मिलिमिटर छ भने कुल तौल १ सय १ केजी छ ।

सो नयाँ स्पोर्ट्स बाइक युवा पुस्ताले बढी मन पराउने अपेक्षा गरिएको छ ।

बाइकको बुकिङ कम्पनीले नाटा अटो शोमा नै गरेको थियो ।

पहिलो लटमा नेपाल ल्याउने भनिएको ५ सय वटा बाइक नेपाल आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री