शनिबार, १५ वैशाख २०८१

मलेसियाका लागि भिसा आवेदन शुल्क संकलन गर्न मलेसिया भिएलएन नेपाल प्रालि र सनराइज बैंकविच सम्झौता

समयपोष्ट २०७३ असोज १९ गते ६:१३


काठमाडौं । मलेसियाका लागि भिसा आवेदन शुल्क संकलन गर्न मलेसिया भिएलएन नेपाल प्रालि र सनराइज बैंकविच सम्झौता भएको छ ।

Advertisement

सम्झौतापत्रमा भिएलएनका अध्यक्ष रामप्रसाद श्रेष्ठ र सनराइजका प्रमुख कार्यकारी रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।

भिसा आवेदकले सनराइज बैंकको ६७ वटै शाखाबाट मलेसियाको विद्युतीय भिसा आवेदन तथा त्यसका लागि लाग्ने शुल्क जम्मा गर्न सक्नेछन् ।

मलेसियाको लागि भिसा आवेदन गर्दा लाग्ने शुल्क संकलन गर्नका लागि भिएलएनले मलेसियाको राजदुतावासबाट स्वीकृति लिईसकेको  छ ।
 सनराइज बैंक र भिएलएनबीच भिसा आवेदकलाई एकद्वारबाट सुविधा दिन सो सम्झौता भएको हो ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री