मंगलबार, ११ वैशाख २०८१

नबिल बैंकद्धारा १५ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

समयपोष्ट २०७३ असोज १८ गते १२:०८

नबिल बैंकले १५ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।  बैकको मंगलवार सम्पन्न ३२ औं साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । आ.व. २०७२/७३ मा बैंकको संचालन मुनाफा ४ अर्ब ३५ करोड रहेको छ जुन बैंकहरु मध्येकै सबै भन्दा बढी हो । त्यस्तै बैंकको खुद मुनाफा २ अर्ब ८१ करोड ९३ लाख रहेको छ जुन अघिल्लो वर्ष भन्दा ३५५ ले वृद्घि भई यस बैंकले बैंकहरुमा अग्रणी भूमिका कायम राख्न सफल रहेको छ । वाणिज्य बैंकहरुमध्ये आ.व. २०७१/७२ मा समेत सबैभन्दा बढी कर राजस्वमा योगदान पुर्याए वापत बैंकले आन्तिरिक राजस्व बिभागबाट सम्मान प्राप्त गरेको छ । बैंकका  संचालक समितीका अध्यक्ष शम्भु प्रसाद पौंड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” ११ अर्ब ५९ करोड (प्रस्तावित नगद लाभांश बाहेक) रहेको छ । 

Advertisement

अध्यक्ष पौड्यालले बैंकको पूँजी योजना बारे प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ सम्ममा ८ अर्ब पूँजी पुर्याउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरे अनुसार समिक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूँजी यसै बर्ष ६ अरब १८ करोड पुगेको र अर्को बर्ष ८ अरव पुर्याउने लक्ष्य साधारण सभामा प्रस्तुत गरेका थिए । ‘नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगीक गतिविधिहरुलाई गतिशतीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वीत छौं’ उनले भने ।

साधारण सभामा सर्वसाधारण शेयरधनि समूह “ग” वर्गको तर्फबाट निर्विरोध निर्वाचित शेयरधनिहरु शम्भु प्रसाद पौड्याल,दयाराम गोपाल अग्रवाल एवं शेयरधनि समूह “ख” वर्ग को तर्फबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेड निर्विरोध भएको घोषणा गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री