बिहीबार, १३ वैशाख २०८१

 राष्ट्र बैंकद्धारा प्रभु बैंकतर्फको मात्र सेयर कारोबार खुला गरिदिने निर्णय , बैंकको पुँजी बृद्धि योजना र बार्षिक साधारणसभा प्रभावित

समयपोष्ट २०७३ असोज १८ गते ६:०२

 

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको निर्णयले ग्राण्ड बैंक गाभेको प्रभु बैंकतर्फको मात्र सेयर कारोबार खुला गरिदिने निर्णय गरेको छ ।

राष्ट्र बैंकको यो निर्णयले प्रभु बैंकको पुँजी बृद्धि योजना र बार्षिक साधारणसभा  प्रभावित भएको छ ।

यो निर्णयले ग्राण्डतर्फका सेयरधनीहरुको कारोबार हुँदैन ।

सीमित सेयर कारोबार नहुँदा नयाँ सेयर जारी गर्न तथा साधारणसभाका लागि बुकक्लोज गर्न सकिँदैन ।

बुकक्लोज नभएपछि नयाँ सेयर जारी गर्न तथा साधारणसभामा भाग लिने सेयरधनीहरुको टुङ्गो लाग्दैन ।

ग्राण्ड बैंकतर्फको हिसावकिताव नोक्शानीमा रहेकाले त्यो पुर्ति नभएसम्म सेयर कारोबार नखोल्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो ।

राष्ट्र बैंकको निर्णयले प्रभुका सेयरधनी पिडित बनेका छन् भने पुँजी बृद्धि योजना अन्यौलमा परेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री